फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’
काठमाडौँ । भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरू भएको २६औँ पुष्प मेला