पूँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल
काठमाडौँ, ७ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले