काठमाडौँ, ६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले आज शोक विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च