नेपालले अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने प्रविधि प्रयोग गरी सगरमाथाको मापन गर्ने
२९ मंसिर, २०७४ । सरकारले नेपाली स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो ।