द ह्वाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो तीज विशेष कार्यक्रम
काठमाडौँ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा काठमाडौँको धापासीस्थित द ह्वाइट माउन्टेन स्कुलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड तीज प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।