‘त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा’
काठमाडौं । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राखेका हुन्