२३ भाद्र २०८१, आइतबार

Tag: दुई गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो ।