झिमरुक, ५ साउन । सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।