प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदबहाली
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् । सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका