काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका-४ कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिरको प्राण-प्रतिष्ठा समारोहमा हजारौँ भक्तजनको भीड लागेको छ । हालै निर्माण सम्पन्न भएको मन्दिर वैशाख २६ गतेदेखि पाँच दिने प्राण-प्रतिष्ठा अनुष्ठान