दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै
दाङ, ३ जेठ । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिनुभयो ।