काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । आज आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अवैध रूपमा अमेरिका पुगेका उनीहरुलाई अमेरिकाले डिपोर्ट गरेको हो । उनीहरू चार्टर्ड विमानमार्फत आज साँझ भुवन विमानस्थलमा अवतरण भएका हुन्