काठमाडौँ । पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गर्नुभएको थियो । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गरेका छन् । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उनले बताए ।