धनगढी, असार १२ । कञ्चनपुरमा १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाईपछि स्वाब संकलन गरेर घर पठाइएका १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित दोधारा-चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको छ