त्रिवेणी, नवलपरासी । सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त छन् । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा