बैतडी । कोभिड– १९ को महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ । जिल्ला सबै स्थानीय तहमा कार्यरत एक÷एक जना गरी १० स्वास्थ्यकर्मीलाई आज नगद रु पाँच हजार, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ