काठमाडौँ । विपक्षी गठबन्धनको बैठकले असंवैधानिक सरकारका अवैधानिक काममा साथ नदिन राज्यका सबै अंगलाई आग्रह गरेको छ । विपक्षी गठबन्धन देश र जनतालाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न भन्दै ती काममा सहयोगी नबन्न राज्यका निकायलाई चेतावनी दिएको छ ।