अवरुद्ध राजमार्ग खुल्यो
मार्तडी, २७ असार । लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको हो ।