१ श्रावण २०८३, शुक्रबार

कास्कीमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको


अवैध घरेलु मदिरा

पोखरा, जेठ २० । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. १० र १५का विभिन्न स्थानमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा विक्रिवितरण गर्दछन् भन्ने सूचनाका आधारमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ठूलो परिमाणको कच्चा पादार्थ नियन्त्रणमा लिई यही जेठ २० गते नष्ट गरेको छ ।

नियन्त्रणमा लिईएको उक्त घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा नष्ट समेत गरिएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका १५ को लक्ष्मीटोल, वडा नं. १० को कालिकामार्ग लगायतको स्थानबाट तयारी घरेलु मदिरा २० लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १६ सय लिटर, मदिरा बनाउन प्रयोग हुने भाडा ३ सेट र कच्चा पदार्थ राख्न प्रयोग गरिने प्लाष्टिकका ड्रम २७ सेट नियन्त्रणमा लिएको थियो ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक थापाले घरेलु मदिरा सेवनबाट घरेलु हिंसा र अन्य अपराधहरु समेत निम्त्याउने सक्ने भएकाले कानूनले समेत बन्देज गरेको घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्न तथा यदि कसैले गरेको थाहा पाएमा तत्कालै प्रहरीलाई सूचना दिन समेत आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !