१३ आश्विन २०८३, मंगलबार

अध्यादेश फिर्ता हुंदैमा अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न – नेपाली काँग्रेस


Nepali Congress Province 3 नेपाली काँग्रेस प्रदेश ३

काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नहुने बताएको छ । आज नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको बताएका छन् ।

साथै नेपाली कांग्रेसले विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भई सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील पनि गरेको छ ।

यी अध्यादेश फिर्ता भएपनि यो प्रकरणसंग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने पनि बताएको छ ।

साथै उक्त विज्ञप्तिमा भनिएको छ, ”नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ” ।

नेपाली काँग्रेस प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु