३ बैशाख २०८३, बिहिबार

लियो भृकुटी अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रस्थान


लियो भृकुटी अन्तर्राष्ट्रिय युवा सम्मेलन

फागुन १४, काठमाडौँ । यहि २०७६ फागुन १५ देखि १७ सम्म बङलादेशको क्रक्स बजारमा हुन गहिरहेको “इस्माईल अन्तराष्ट्रिय लियो युवा सम्मेलन” मा लियो कल्व अफ काठमाडौ भृकुटीका कल्व अध्यक्ष लियो मनोज खड्का, कोषाध्क्ष लियो अनिता न्यौपाने, सदस्य लियो रविन सिवाकोटी, लियो रमेश आचार्यलाई लियो जिल्ला ३२५ वि १ का चिफ रिजन कोडिनेटर लियो प्रकाश थापा क्षेत्रीले बिदाई गर्नुभयो । उक्त सम्मेलनका लागि लियो ३२५ वि १ का जिल्ला अध्यक्ष विनायक पौड्यलज्यूले बदाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

बङलादेशको लियो जिल्ला ३१५ वि ४ द्वारा आयोजित उक्त युवा सम्मेलनमा विश्वभरबाट ३०० लायन्स र ४०० लियो लिडरहरुले भाग लिनेछन् । सो सम्मेलनमा नेपाली लियोहरुले Visit Nepal 2020 प्रवर्धन गनुका साथै सांस्कृतिक प्रस्तुति र मौत्रिता आदान-प्रदानमा सरिक हुनेछन् ।

लियो भृकुटी अन्तर्राष्ट्रिय युवा सम्मेलन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !