६ बैशाख २०८३, आइतबार

माजुदेगः पुनःनिर्माण


Nepalpatra

१२ कात्तिक, काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ । विसं १६९०मा राजा भूपालेन्द्र मल्लकी हजुरआमा ऋद्धिलक्ष्मीले धेरै सिँढी भएको सो मन्दिर बनाउनुभएको थियो ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माणको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज यहाँ पूजा गरी शुभारम्भ गर्नुभयो ।कामपा हनुमान ढोका दरबार संरक्षण समितिबाट सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीले रु पाँच करोड ४९ लाख ३५ हजार २०६ को लागतमा आगामी दुई वर्षभित्र सो मन्दिर पुनःनिर्माण गर्ने ठेक्का पाएको छ ।

महानगर प्रमुख शाक्यले महानगरभित्र धेरै अमूल्य सम्पदा रहेकामा माजुदेगः स्थानीय जनताको आस्थाको केन्द्र तथा सिङ्गो मुलुकको चासोको विषय भएको बताउनुभयो ।भूकम्पबाट क्षतिग्रस्त महानगरभित्रका भित्रका थुप्रै स–साना मन्दिर तथा पाटीपौवा निर्माण गरिसकेको जानकारी दिँदै उहाँले कुमारी घरको पुनःनिर्माणको जिम्मेवारी पनि महानगरकै काँधमा रहेको छ भन्नुभयोे ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विसं २०७२ को भूकम्पबाट ध्वस्त सम्पदाको पुनःनिर्माणले गति लिन थालेको उल्लेख गर्दै रानीपोखरी पनि पुनःनिर्माण हुने अवस्थामा पुगेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !