काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् । बालेनले कलात्मक काठको बट्टाभित्र रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको उपहार सेटमा दिएका हुन् ।
भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।














