काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन् ।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे ।
अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई विस्थापन भयो भनेर बुझ्नु नहुने बताए ।
अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए । बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन ।
अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाइ एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ ।














