काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारेकी छन् ।
उक्त घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको उनले बताएकी छन् ।












