२४ आश्विन २०८३, शनिबार

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने अत्यन्त जरुरी सूचना


निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने अत्यन्त जरुरी सूचना

नवलपुर । आगामी मंसिर १२ गते शनिबार कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही मेला लाग्ने स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘स्वास्थ्य नै धन हो । समयमै स्वास्थ्य परीक्षण गरौँ, स्वस्थ जीवन बिताऔँ।’ भन्ने नाराका साथ उक्त स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

उक्त शिविरमा डा. नितेश कान्दुद्वारा स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिने बताइएको छ । साथै, आवश्यकताअनुसार निःशुल्क आयुर्वेद औषधि उपचारको व्यवस्था गरिएको आयोजक नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्यसमिति नवलपुरले जनाएको छ ।

तसर्थ, सम्पूर्ण स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त अवसरको सदुपयोग गर्दै आफ्नो स्वास्थ्य परीक्षण गराई निःशुल्क आयुर्वेद उपचार सेवाबाट लाभ लिनुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !