२१ आश्विन २०८३, बुधबार

चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा मारेको छ । पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मार्ने काम भइरहेको स्रोतले बताएको छ।

यस्तै जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ। स्रोतका अनुसार जबरा र उनका नजिकका मानिस जसमार्फत सम्पत्ति लुकाइएको अनुमानको आधारमा छापा मारेको बताइएको छ ।

जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ । केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !