१२ आश्विन २०८३, सोमबार

चोलेन्द्रलाई भेट्न नदिएपछि मानव अधिकार आयोगले बोलायो एसएसपी खड्कालाई बयानमा


चोलेन्द्रलाई भेट्न नदिएपछि मानव अधिकार आयोगले बोलायो एसएसपी खड्कालाई बयानमा

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेख्दै कार्यालयका प्रमुख खड्कालाई उपस्थित गराउन भनेको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको भन्ने विषयमा बुझ्नका लागि पुगेको आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको विषयमा बुझ्नका लागि प्रहरीलाई पत्र पठाएको हो।

जबरालाई कार्यालयको टोलीले सुरक्षा थ्रेट भएको बताउँदै मध्यरातमा बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। आइतबार बिहान करिब ३ बजेतिर प्रहरीले उनलाई कार्यालयमा ल्याएको थियो।

नियन्त्रणमा लिएको खबरपछि आयोगको टोली त्यहाँ पुगेको थियो। आयोगका अधिकारीले आइजिपी दानबहादुर कार्कीलाई समेत फोन र मेसेज गरेका थिए। तर पनि आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न दिइएको थिएन। यसरी बाहिर ३५ मिनेटसम्म कुराएर आयोगको टोली फर्किएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !