काठमाडौं । नेपाली कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने १५औं महाधिवेशनको उद्घाटन समारोहका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको छ । काँग्रेसले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा प्रतिपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वहरूलाई निम्तो दिएको हो ।
काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले हिजो शुक्रबार रास्वपाका सभापति रवि लामिछाने, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आतिथ्यका लागि निमन्त्रण पत्र दिइएको जानकारी दिए ।
उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको सहमहामन्त्री जबराले बताए । कांग्रेसकाले महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाइने तयारी गरेको बताएको छ ।









