९ आश्विन २०८३, शुक्रबार

बालेनले भने- पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्


बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन् ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धको शान्तिको बाटोमा हिँडोस् भनेर कामना गरेका हुन् ।

उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’

नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई विश्वमञ्चबाट प्रस्तुत गर्दै उनले शान्ति, सहअस्तित्व र मानव कल्याणको सन्देश दिएका हुन् ।

शाहले आफ्नो सम्बोधनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र नेपालको पुनर्निर्माणका विषयसमेत अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !