५ आश्विन २०८३, सोमबार

आक्रोशित हुँदै ओलीले भने – अध्यक्ष हटाउनुपर्छ भनेर बोल्ने को न्यायाधीश ?


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउनुपर्छ भन्दै सामाजिक सञ्जाल र मिडियामा बोल्ने नेताहरूसँग आक्रोशित भएका छन् । आज सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न उद्धत भएको आरोप लगाए ।

उनले पार्टीभित्रको बहस मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भनेर बोलेकोमा आपत्ति जनाए । उनले विपक्षीको मनोबल उठाउने भूमिका नखेल्न चेतावनी दिए । उनले पार्टीलाई चुनौती सामना गर्ने गरी उभ्याउनुपर्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !