४ आश्विन २०८३, आइतबार

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ


भरत दाहाल

काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए । उनलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !