४ आश्विन २०८३, आइतबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


सवारी दुर्घटना

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।

सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते भएका छन् । निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !