२ आश्विन २०८३, शुक्रबार

भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस, को कहाँ ?


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। आज शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो।

मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।

अब सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाइनेछ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।

यी हुन् प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शरू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचला झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !