काठमाडौँ । चीनका लागि डा. कल्याणराज शर्मा राजदूत सिफारिस भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई चीनका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । अव उनको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।









