२ आश्विन २०८३, शुक्रबार

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा भेटिए ६ शव


माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा भेटिए ६ शव

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ । खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा ६ जनाको शव भेटिएको हो ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो । उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ । भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा छिरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !