३१ भदौ २०८३, बुधबार

सिंहदबारभित्र नै यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीमा दियो ठक्कर


सिंहदबारभित्र नै यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीमा दियो ठक्कर

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ । सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको हो ।

ठक्कबार भण्डारीको वाग्मती प्रदेश ०१-०२८ च ९००९ नम्बरको गाडीमा क्षति पुगेको छ । दुर्घटनाबारे सोधपुछ भइरहेको ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !