२५ भदौ २०८३, बिहिबार

इन्जिनियर दीपककुमार साह नयाँ उद्योगमन्त्री बन्दै


दीपककुमार साह

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी-४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो । मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ ।

गौरीकुमारी यादवको राजीनामापछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी साहले पाउने भएका छन् । यसअघि रास्वपाका गणेश पराजुलीको नाम चर्चामा चलेपनि अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई मन्त्री नियुक्त गर्ने सिफारिस गरेका हुन् ।

साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए । साह अहिले प्रधानमन्त्री कार्यालयमै छन् । मन्त्रिपरिषद् बैठक जारी रहँदा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक कोठामा बसिरहेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !