२० भदौ २०८३, शनिबार

रसुवा भोटेकोसी बाढी अपडेट : मृतकको संख्या १३४४ पुग्यो


नुवाकोट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले आज शनिबार बिहान ५ बजेसम्मको सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।

तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ ।

प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।

हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । एक हजार २६० मृतकको डीएनए संकलन गरिएको छ । ९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !