१७ भदौ २०८३, बुधबार

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : प्रधानमन्त्री बालेन


प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै नभएर सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।

गत भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराएका हुन् ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !