१६ भदौ २०८३, मंगलबार

रसुवाको टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव भेटियो गोरखामा


नकुल शर्मा

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो ।

त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !