१४ भदौ २०८३, आइतबार

माथिल्लो त्रिशूली ३ ‘ए’ मा फसेकाको लागि उद्धार टीम सुरुङभित्र प्रवेश


माथिल्लो त्रिशूली ३ ‘ए’ मा फसेकाको लागि उद्धार टीम सुरुङभित्र प्रवेश

काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ । आज दिउँसो २:०० बजे उद्धार टोलीले सुरुङको मुख्य भागमा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले सुरुङको तल्लो भागसम्म पुगेका थिए । भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अहिले प्वाललाई थप फराकिलो बनाउन र भित्रको अवरोध हटाउन ठूला उपकरणहरू परिचालन गरिनुका साथै ब्लास्टिङ गर्ने तयारी भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा परिचालित छन्।


सो उद्धार टीममा इन्जिनियरसहित ६६ जना सेना, तालिमप्राप्त कुकुरसहित १८ जना एपीएफ, ६ जना प्रहरी गरी ९० जना खटिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !