१४ भदौ २०८३, आइतबार

नेपाल आइपुग्यो भारतबाट सुरुङ उद्धार र फरेन्सिक विज्ञको टोली


नेपाल आइपुग्यो भारतबाट सुरुङ उद्धार र फरेन्सिक विज्ञको टोली

काठमाडौँ । छिमेकी देश भारतले पठाएको चौथो चरणको राहत सामग्रीसहित प्राविधिक टोली नेपाल आइपुगेको छ । भारत सरकारले पठाएको चौथाे चरणको राहत सामग्री आइतबार बिहान नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालय जनाएको छ ।

विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार चौथो चरणमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइसम्बन्धी सामग्रीसहितका राहत सामग्री रहेका छन् ।

त्यस्तै, भारतबाट राहत सामग्रीसहित खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोली पनि नेपाल आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !