काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको छ । नेपालको परराष्ट्र मन्त्रालयबाट यो सूचना प्राप्त भएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यही भदौ १० गते बिहान उक्त क्षेत्रबाट रसुवाको भोटेकोसी नदी हुँदै नेपालमा भीषण बाढी प्रवेश गरेको थियो । भोटेकोसीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।
तिब्बतमा सोही बाढी सिर्जना भएको ल्हेन्दे खोला थुनिएर बनेको अस्थायी तालबाट अहिले पानी बग्न थालेको महाशाखाले जनाएको छ ।









