१२ भदौ २०८३, शुक्रबार

स्याफ्रुबेँसी आइपुग्यो बाढी, उच्च सतर्कता अपनाउन आग्रह


स्याफ्रुबेँसी आइपुग्यो बाढी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आज शुक्रबार मध्याह्न पुनः पानीको सतह उल्लेख्य बढेको छ । बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ ।

त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यही भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेर पानी बग्न थालेको नेपाल प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !