११ भदौ २०८३, बिहिबार

नुवाकोटको विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह


नुवाकोटको विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । ​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।

उनीहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका थिए । ​बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्।

बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।

​बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नेछन् ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !