५ भदौ २०८३, शुक्रबार

बञ्चरेडाँडाको फोहोरको छलफलमा ललितपुरका मेयर चिरिबाबुसँग आशिकाको चर्काचर्की


बञ्चरेडाँडाको फोहोरको छलफलमा ललितपुरका मेयर चिरिबाबुसँग आशिकाको चर्काचर्की

काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङसँग स्थानीय तहका प्रमुख (मेयर) हरूको चर्काचर्की भएको छ । आज शुक्रबार सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए ।

उक्त छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । छलफलका क्रममा सांसद तामाङ र केही स्थानीय तहका प्रमुखबीच भनाभन भएको थियो। स्थिति चर्किएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले उनलाई शान्त पार्ने प्रयास गरेका थिए।

सांसद तामाङले बञ्चरेडाँडाका स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आए पनि स्थानीय सरकार जिम्मेवार नदेखिएको आरोप लगाइन्। उनले स्थानीय सरकार समस्या समाधानमा गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। छलफलबाट सन्तुष्ट नभएकी तामाङले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी समेत दिइन्। त्यसपछि उनी बैठक छाडेर बाहिरिएकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !