पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै दिउँसो ३ बजे अस्तामस्थित रिसोर्ट पुगेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णत: पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।
रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीका निम्ति यसअघिनै रिसोर्टका कोठाहरू बुकिङ गरिएका छन्। यतिबेला रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ।
बाहिरी व्यक्तिलाई रिसोर्टमा प्रवेश निषेध गरिएको छ। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्रीको यो निजी भ्रमण भएको र विस्तृत विवरण सार्वजनिक गरिएको छैन।









