काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु फेर्ने कुनै योजना नरहेको बताएका छन् । सभापति लामिछानेले आज बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
रास्वपा सभापति लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका हुन् । कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको उनले बताए ।
पत्रकारले मन्त्री फेर्न लागिएको हो ? भनी गरेको प्रश्नमा उनले भने, “विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरुले सयवटा काम गर्नुभएको छ भने एक दुईवटा काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिएको छैन ।”








