३ भदौ २०८३, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत


खगराज भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ । प्रदेशसभामा नेकपाका २२ प्रदेशसभा सदस्य रहेका छन्, जसमा सभामुख र एक सदस्य निलम्बित अवस्थामा हुनुहुन्छ । यस्तै, एमालेका ११ प्रदेशसभा सदस्य हुन् ।

मुख्यमन्त्री भट्टको विपक्षमा १५ मत परेको छ । यहाँ विपक्षमा नेपाली कांग्रेसका १४ र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती अनुपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !